नागरिक पोष्ट News


मिन्हाज खान : कोरोनाको यो महामारीमा दुःखी गरीबको साहार बनेर यसरी उभिए

3.4K

- भरतराज  (Ict Journalist)

कोरोनाको महामारीले नेपाल झण्डै साढे २ महिनाको लकडाउनमा परेको छ । यो लकडाउनले धेरै मजदुर र दीन दुःखीको रोजीरोटी नै खोसिदियो । हुनेखानेहरुलाई त केही गार्हो भएन । यहाँ हुँदा खानेलाई भने सार्है समस्या छ ।  तर दुःखीका लागि भगवान पनि साथ हुन्छन् भन्ने कुरा मिन्हाज खानको समाज सेवाले  देखाईरहेको छ ।   ठमेल काठमाडौंमा मिन्हाज खान आधा पेट खाएर गरीब दीनदुःखीका सेवा सामाजिक हातहरु फैलाइरहेका छन् ।  खानको नजिक पुग्ने दमजदुर दीन दुःखीले लकडाउन भएको ७२ औं दिनसम्म भोको बस्नुपरेको छैन ।  मिन्हाज भन्छन्, ‘जीवन नै सेवा हो’ । गत चैत्र ११ गते लकडाउनको सुरुवातसँगै पहिलो दिन ६० जाना भोकालाई आफनै कफि सपबाट निःशुल्क बिरयानी बाँड्न सुरु गरेका मिन्हाजकोमा अहिले  बिरयानी लिनेको संख्या दैनिक दुई सय भन्दा बढी पुगिसकेको छ । लकडाउनको ७२औ दिनसम्म आईपुग्दा पनि मिन्हाजको भकारी रित्तिएको छैन् सहयोगी हातहरु बढ्दै छन् ।  अहिले समाजसेवामा लगाएका मिन्हाजका पछाडी सहयोगी हातहरु उत्तिकै थपिदै गएका छन् । त्यही होस्टल , ज्वलरी र कफी सपको समायोजन नै अहिले मेन्ज फाउन्डेसन बनेको छ ।

मेन्ज फाउण्डेसनबाटै उनले सञ्चारकर्मीहरुलाई पीपीई, माक्स लगायतका सामाग्रीहरु दिनहुँजसो आएजतिलाई दिएर पठाइरहेको छन् । त्यस्तै दैनिक २०० भन्दा बढी गरीब दिनदुःखीहरुलाई निःशुल्क खाना खुवाइरहेका पनि छन् । ८ सय थान पर्सनल प्रोटेक्टिभ इक्युवमेन्ट पीपीई बिभिन्न संघ संस्थालाई निःशुुल्क उपलब्ध गराएका मिन्हाजले हालसम्म लगभग १६ सयको हारहारिमा स्वास्थ्य सामाग्रीहरु निशुल्क रुपमा बिभिन्न संघसंस्थालाई उपल्वध गराईसकेका छन् ।  साँच्चै सुखसयल रम्ने बेलाका युवा मिन्हाज खान अहिले सामाजिक सेवामा अहोरात्र खटिएका छन् । मजदुर दीनदुःखीको पेट भर्ने दैनिकीमा जुटेका छन् । उनको यो काम सम्माननीय, उदाहरणीय र अनुकरणीय छ ।  आज मरे भोलि दुई दिन हुन्छ । त्यसैले हामी पनि आफ्नै टोल समुदायमा यसैगर दिनदुःखीको भोको पेट भर्नेतिर लाग्न सके मानव हुनुको सार्थकता रहने थियो की ।

पुर्ब रक्षा मन्त्री माननीय भिम्सेन दास प्रधान बाट १० बोरा चामल प्रदान  Menz foundation (निशुल्क बिर्यानी) 

काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्की मेन्हाज खानको सामाजिक कामलाई हौसला प्रदान गर्न खानले काम गर्ने ठाउँमै पुगिन्

Must View