नागरिक पोष्ट News


लकडाउनको स्वरुप परिवर्तन गर्दै सरकार, अब यसरी लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिने

2K

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटी टुंगो लगाउन २५ विज्ञहरुसँग रायसुझाव लिएका छन् । विज्ञहरुको राय सुझावपछि प्रधानमन्त्रीले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएका छन् ।  देशभर लकडाउन उल्लंघन हुनथालेपछि सरकारले नयाँ मोडालिटी ल्याउन लागेको हो । ११ चैत्रबाट शुरु गरिएको कोभिड १९ को रोकथामका लागि गरिएको लकडाउन ७२ दिन कटेपछि जनजीवन निकै कष्टकर भएको छ । व्यवसायीले लकडाउन उल्लंघन गर्न थालेका छन् । पसलहरु खोल्न आव्हान समेत गरेका छन् । चौतर्फी दबाबपछि लकडाउन निश्चित क्षेत्रमा मात्र लगाउने गरी सरकारले खुकुलो बनाउँदैछ । बढी संक्रमण भएको क्षेत्र र कम संक्रमण भएको क्षेत्र तोकेर लकडाउन खुकुलो बनाउने सरकारको तयारी छ । जोखिमलाई दृष्टिगत गरी निश्चित मापदण्ड तोकेर आर्थिक गतिविधि सञ्चालन गर्न दिइने भएको छ ।

लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएको सरकारका मन्त्रीहरुले बताइसकेका छन् । उद्दोग व्यवसायहरु सञ्चालनको क्रममा छन् । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । उद्दोग व्यवसाय रोकथामको उपायसहितको नियम पालना गरी सञ्चालनमा आउनेछन् ।

Must View