नागरिक पोष्ट News


काठमाडौं जोरपाटीको केएमसीका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटियो

1.6K

काठमाडौं २० जेठ। नेपालमा एकैदिन थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा काठमाडौंमा चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा पनि संक्रमित भएका छन् ।यस्तै भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । उनी चाँगुनारायण नगरपालिका–३ का ३० वर्षीय महिला हुन् ।

Must View