नागरिक पोष्ट News


काठमाडौंका ४ स्वास्थ्यकर्मीसहित, नेपालमा एकै दिन २८८ जना कोरोना संक्रमित थपिए

2K

काठमाडौं २० जेठ। पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । रौतहटमा ७४ जना, सर्लाहीका २१, सिराहाका १७ जना, धनुषामा ६ जना र महोत्तरीमा दुई जना, सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा पनि संक्रमित भएका छन् ।यस्तै भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । उनी चाँगुनारायण नगरपालिका–३ का ३० वर्षीय महिला हुन् ।

नुवाकोटमा पनि दुई संक्रामित थपिएका छन् । म्यागङका उनीहरु १७ र ३२ वर्षका पुरुष हुन् ।बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।बर्दियामा तीन जना संक्रमित थपिएका छन् । यस्तै कपिलवस्तुमा १६ जना संक्रमित थपिएका छन् ।रुपन्देही सैनामैनाका  १० जना संक्रमित थपिएका छन् । दाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु घोराही उपमहानगरपालिका, बगलाचुरी र राप्ती, गाउँपालिकाका हुन् ।

प्युठानमा एक जना संक्रमित भेटिएका छन् । उनी स्वर्गद्वारी नगरपालिका ६५ वर्षीय पुरुष पुरुष हुन् । यसैगरी नवलपरासी पूर्व, बुलिङटारका १६ वर्षीय, नवलपरासी पश्चिम, रामग्रामका २२ वर्षीय परुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा ५ जनामा संक्रमण पुष्टि भएको छ । पर्वतको फलेवासस्थित क्वारेन्टिनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सुर्खेतमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु वीरेन्द्रनगर, लेकवेशी, पञ्चपुरी र भेरी गंगाका हुन् । यस्तै दैलेख ९ जना संक्रमित थपिएका छन् । यसैगरी सल्यानमा थप १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कैलालीका १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।अछाम १० जना संक्रमित थपिएका छन् ।

Must View