कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुग्यो
1.6K
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
सल्यानका कोरोना सङ्क्रमित वनगाड कुपिन्डे नगरपालिका - ३ का १७, १७, १९, १९ वर्षीय पुरुष, वनगाड- ४ का २२, २४, २५ वर्षीय पुरुष, वनगाड - ६ का २३, २४ वर्षीय पुरुष छन् । अछाम जिल्ला चौरपाटी गाउँपालिका - २ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर २ सय ३३ जना कोरोनाका बिरामी फेला परेको भए पनि दैलेखमा मात्र १०७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।