नागरिक पोष्ट News


नेपालमा फेरि अरब सागरको चक्रवातको असर पर्न सक्ने,मनसुनी बर्षा शुरु गराउने

1.9K

सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने

काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् । हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरब सागरमा विकसित यो नयाँ चक्रवातको प्रकृति कस्तो हुन्छ र यसले नेपालका कुन-कुन क्षेत्रमा प्रभाव पार्दछ भनेर मौसमविदले विस्तृतमा आँकलन गर्न सकेका छैनन् । तर नेपालका मौसमविदले तत्काललाई भने सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने मात्र बताएका छन् ।

अनलाइनखबर

Must View