नागरिक पोष्ट News


दरबार हत्याकाण्ड: १९ वर्षअघिको राजा वीरेन्द्रको वंशनाशको नालीबेली यस्तो थियो

2.4K

काठमाडौं ।  जेठ १९, अर्थात् तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको दिन ।

२०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो । 

उक्त हत्याकाण्डको प्रतिवेदन सार्वजनिक भएपनि घटना झैं रहस्यमय नै छ ।

२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो । घटनामा राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर मारिएको थियो ।

Must View