नागरिक पोष्ट News


अब यसरी लकडाउन खुकुलो हुनेछ, लकडाउनको मोडल फेर्ने तयारीमा सरकार

3.9K

काठमाडौं । सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । 

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ ।यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिनेबारे छलफल भइरहेको छ ।

स्रोतका अनुसार लकडाउन खुकुलो बनाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै अनुदार छन् । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु जोखिम कम भएका क्षेत्रमा आर्थिक गतिविधि बढाउने र जनजीवन सामान्य गराउने पक्षमा रहे पनि प्रधानमन्त्री भने आश्वस्त हुन सकेका छैनन् ।

काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भइरहेको छ । उच्चस्तरीय समन्वय समितिले सबै परिस्थ्तििको आँकलन गरेर विज्ञहरुको सुझाव सहित मन्त्रिपरिषदमा लकडाउनको मोडालिटी फेर्न प्रस्ताव लैजाने बताइएको छ ।

Must View