अमेरिकाको रंगभेद आन्दोलन चर्कियो ३० राज्यमा प्रदर्शन उग्र, २५ शहरमा कर्फ्यु
जेठ १८ गते । जर्ज फ्लोयडको मृत्युपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपनि अमेरिकी शहरहरुमा कर्फ्यु लगाइएको छ । मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरी नियन्त्रणमा मृत्युपछि सुरु भएको विरोध प्रदर्शन देशब्यापी हिंसात्मक रुप लिएको छ ।
मिनियापोलिसमा प्रहरीले गत् सोमबार अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई निहत्था नियन्त्रणमा लिएको थियो । प्रहरीले हथकडी लगाएर भुँईमा लडाइएका फ्लोयडको घाँटीमा घुँडाले च्याप्दा च्याप्दै बेहोस बनाइएको थियो । ४५ वर्षीय फ्लोयडले पटक पटक आफूलाई श्वास लिन असहज भएको भन्दै मुक्त गर्न गर्नुभएको याचना प्रहरीले अस्वीकार गरेको भिडियो सार्वजनिक हुँदा विरोध सुरु भएको हो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विभिन्न शहरमा प्रदर्शनकारीसँग झड्प हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस र रबरको गोली प्रहार गरेका छन् । अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन चर्किएको छ । सिकागोमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । लस एन्जेल्समा प्रहरीको कारमा आगजनि गरिएको छ । वाशिंगटन डिसीस्थित व्हाइट हाउस अगाडि ठूलो भिड जमा भएर फ्लोयडलाई न्याय दिलाउन माँग गरेको छ । एटलान्टा, जर्जियास्थित दर्जनौं भवनमा क्षति पुर्याइएको छ । सर्वसाधारणको सम्पत्ती सुरक्षित राख्न प्रशासनले केही क्षेत्रमा संकटकाल घोषणा गरेको छ । मिनियापोलिस, न्युर्योक, मियामी, एटलान्टा र फिलाडेल्फियासहितको शहरमा हजारौं सर्वसाधारणले शान्तीपूर्ण रयाली निकालेका छन् । मिनियापोलिस, एटलान्टा, लास एन्जेल्स, फिलाडेल्फिया, पोर्टल्याण्ड र लुईसभिल्लोसहितका शहरमा कफर््यु लगाइएको बीबीसीले उल्लेख गरेको छ । यद्दपी प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै सडकमा प्रदर्शनसँगै सम्पत्ती लुटपाटमा उत्रिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ जर्ज फ्लोयडको निधनले अमेरिकीमा त्रास, आक्रोश र सम्वेदनाले भरिभराउ बनाएको टिप्प्णी गर्नुभएको छ । शान्ती चाहने सबै अमेरिकीसँग सहकार्य गर्न आफू सदैब उभिने ट्रम्पले एक टेलिभिजन सम्बोधनमा बताउनुभएको छ ।।