नेपालमा एकैदिन २ सय ३४ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १४४६ पुग्यो
3K
काठमाडौं – नेपालमा शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८९ जना नयाँ संक्रमित भेटिएको जनाएको थियो।
कर्णालीमा थपिएपछि शनिबार रातिसम्म यो संख्या बढेर २३४ पुगेको छ। पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो पटक सल्यानमा २५, कालिकोटमा १७, बाजुरामा १, दैलेख र सुर्खेत १/१ जनासहित थपिएपछि देशभर संक्रमितको संख्या १४४६ पुगेको छ।
त्यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका थिए।