नागरिक पोष्ट News


कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो, एकको मृत्यु

1.8K

काठमाडौं । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सुर्खेत र जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेत र जुम्ला प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जना, कालीकोटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएको प्रदेश जन स्वास्थ्य महाशाखाले जनाएको छ । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएको छ।

Must View