नागरिक पोष्ट News


जेठ २१ गते बुधबारदेखि निजी विद्यालय खुल्ने, नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने

3K

काठमाडौं । मुलुकका निजी विद्यालयहरुले आगामी बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयहरुले भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । देशभरका अधिकांश सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुङ्गो लागेको छैन ।

 जनक शिक्षा सामाग्री केन्द्रले  यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्य रहेको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिनुभयो ।

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको आचार्यले बताउनुभयो । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एकदेखि चारसम्म भने निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

निजी विद्यालयले बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने बिषय के हो त ? समय संवाद : टीकाराम पुरी (अध्यक्ष,निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) )

  •  

Must View