सुत्करी भएको ५ दिनपछि ललितपुरकी महिलालाई कोरोना संक्रमणको पुष्टि, ४५ चिकित्सक क्वारेन्टाइनमा
3.6K
जेठ १२ गते किष्ट अस्पतालमा सिजिरिङबाट डेलिभरी भएकी ललितपुर सुनाकोठीको महिलालाई कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालमा भर्ना भएकी महिलालाई कुनै लक्षण थिएन । तर १४ गते त्यही उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमण कारण मृत्यु भएपछि अस्पतालले सुत्केरी महिलालाई डिस्चार्ज गर्ने निर्णय गरेको थियो । उनी १५ गते घर गइन् ।
शनिबार आएको रिपोर्टमा सुत्केरी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालका चिकित्सकसहित ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ