नागरिक पोष्ट News


थप १८९ जनामा (ललिपतुरकी २३ वर्षीय महिलामा ) कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

2.7K

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । 

१०९ जना कपिलवस्तुका, सर्लाहीका १७ जनामा, धनुषाका ७ जनामा ,  रौतहटका ६ र महात्तरीका ४ जनामा , दैलेखमा १४, दाङका ५ जनामा, संखुवासभामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Must View