नागरिक पोष्ट News


लकडाउन जेठभर लम्ब्याएर, यी क्षेत्रमा खुलाउने सरकारको तयारी

8.5K

काठमाडौं, १७ जेठ । सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ । 

२० जेठपछि लकडाउनको नयाँ मोडालिटी सरकारले लागु गर्ने तयारी गरिरहेको छ । आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर खोल्ने तयारी सरकारको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्दोगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए । 

सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ ।

उद्दोगहरु संचालन हुनेछन् । त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ । विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । 

कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । गोरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् ।

देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो । अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ ।

Must View