नागरिक पोष्ट News


दैलेखमा थप १४ जनामा कोरोना पुष्टि, क्वारेन्टाईनमा बसेका एक ३५ वर्षीया युवाको मृत्यू

3.3K

कर्णालीमा संक्रमित संख्या ६० पुग्यो

१७ जेठ,  कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं‍ २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

Upendra Kumar Rawat

दैलेख जिल्ला दुल्लु न.पामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका एक ३५ वर्षीया युवाको मृत्यू भएको छ । १० दिन अघि (७ गते) भारतबाट दुल्लु आइपुग्नु भएको उहाँसहितको टिम विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा थियो । विहान चिया र विस्कुट खाइसकेपछि त्यहि ढलेको भन्ने छ । १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको तर अहिले सम्म रिपोर्ट नआएको । क्वारेन्टिनमा बसेका मान्छेमा केही समस्या भए उपचार नपाउने।मान्छे मरिसके पछि कोरोनाको रिपोर्ट आउने। भारतबाट आएका मान्छेको नजिक जान नहुने,कोरोना परिक्षणमा ढिलासुस्ती हुने ! साधन श्रोतको अभाब हुने।यसले गर्दा समस्या हुने देखिन्छ।अहिले भारतबाट धेरै भन्दा धेरै मान्छे आइरहेको अबस्था सबैलाइ थाहा छ।कोरोना परिक्षणको दायरा बढाउ भनेको तेहि भएर हो। छिटोभन्दा छिटो परिक्षण गरेको भए बचाउन सकिन्थ्यो होला।कोरोना भए कोरोनाको नभए अरु रोगको उपचार गर्ने वातावरण हुन्थ्यो। यस्ता कुरामा सरकारको ध्यान जानू पर्छ।

मृतक प्रती हार्दिक श्रद्धाञ्जली ! परिवारजनमा समवेदना !

Must View