४.८ रिक्टरस्केलको भूकम्पको धक्का, धादिङको केन्द्रबिन्दु भएर राति ९ः३६
2.4K
काठमाडौं । काठमाडौंको आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ९ः३६ मिनेट जाँदा भूकम्पको महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।
भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो ।