नागरिक पोष्ट News


सरकार किन मौन छ ! बोर्डरबाट चर्को घाम खेप्दै, सघर्ष गर्दै फर्कनेहरु घर नपुग्दै मर्न थाले सरकार

2.6K

मृतकको खातामा एउटा संख्या थपिनु सरकारको लागि ठूलो कुरा नहोला  तर मन भएका मान्छेको मुटु टुक्राटुक्रा हुन्छ सरकार !

भारतबाट आउँदा आउंदै अर्घाखाँचीका व्यक्तिले आफ्नो सासलाई बोर्डर वारि ल्याउन सकेनन् | शबलाई नेपाल ल्याएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो | बाँके रजैनापुरका युबकको पनि मुम्बईबाट २ हप्ता लगाएर नेपालभित्र पसेको ५ दिनमा मृत्यु भयो | आज दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युबक पनि भारतबाट जेठ ७ गते नेपाल आएका थिए |

श्रीमतीलाई '१२ बजे आइपुग्‍छु' भनेका उनी अब कहिल्यै आउने छैनन्...

कोरोनाको भुंग्रोबाट लड्दैपड्दै तथा यो प्रचण्ड गर्मीमा जनाबरझैं कोचिंदै / हिंड्दै सिमानाभित्र सास लिएर आउने हजारौं दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहज ढंगबाट नेपाल प्रवेश गर्न, नेपाल प्रवेश गरेपछि सुविधायुक्त क्वारेन्टाइनमा राखेर, केहि दिन मिठोमसिनो खुवाएर, शितल छहारीमा सुस्ताउन दिएर, स्वास्थ्य समस्याको उपचार गरेर तथा कोरोना परीक्षण गरेर सुरक्षित ढंगले आफ्नो थातथलोमा पुर्याउने हो भने यी बियोगान्तक ब्यथा सुन्नुपर्ने थिएन | अन्य देशले हवाइजहाज चार्टर गरेर आफ्ना एक एक नागरिकको सुरक्षा गरिरहेका छन् | के हामीले कुटनैतिक संबाद र कुशल ब्यबस्थापन गरेर आफ्ना नागरिकलाई बचाउन मिल्दैन र ? मृतकको खातामा एउटा संख्या थपिनु सरकारको लागि ठूलो कुरा नहोला | तर आश्रित परिवारजनका आशुंका धारा गनि नसक्नु हुन्छन् सरकार ! मन भएका मान्छेको मुटु टुक्राटुक्रा हुन्छ सरकार !

Rabindra Pandey

कोरोना भए कोरोनाको नभए अरु रोगको उपचार ,  सरकारको ध्यान जानू पर्छ

-  

Upendra Kumar Rawat

लेख जिल्ला दुल्लु न.पामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका एक ३५ वर्षीया युवाको मृत्यू भएको छ । १० दिन अघि (७ गते) भारतबाट दुल्लु आइपुग्नु भएको उहाँसहितको टिम विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा थियो । विहान चिया र विस्कुट खाइसकेपछि त्यहि ढलेको भन्ने छ । १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको तर अहिले सम्म रिपोर्ट नआएको । क्वारेन्टिनमा बसेका मान्छेमा केही समस्या भए उपचार नपाउने।मान्छे मरिसके पछि कोरोनाको रिपोर्ट आउने। भारतबाट आएका मान्छेको नजिक जान नहुने,कोरोना परिक्षणमा ढिलासुस्ती हुने ! साधन श्रोतको अभाब हुने।यसले गर्दा समस्या हुने देखिन्छ।अहिले भारतबाट धेरै भन्दा धेरै मान्छे आइरहेको अबस्था सबैलाइ थाहा छ।कोरोना परिक्षणको दायरा बढाउ भनेको तेहि भएर हो। छिटोभन्दा छिटो परिक्षण गरेको भए बचाउन सकिन्थ्यो होला। कोरोना भए कोरोनाको नभए अरु रोगको उपचार गर्ने वातावरण हुन्थ्यो। यस्ता कुरामा सरकारको ध्यान जानू पर्छ। मृतक प्रती हार्दिक श्रद्धाञ्जली ! परिवारजनमा समवेदना !

Must View