२० यी नाकाबाट भारतमा रहेका नेपालीहरु नेपाल फर्कन पाउने
1.4K
काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो ।
पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।