कोरोनाबाट थप एक जनाको मृत्यु नेपालमा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
2.5K
काठमाडौँ, जेठ १६ गते । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयाे । उहाँ भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे । नेपाल प्रवेश गरेसँगै मृत्यु भएको थियो ।