नागरिक पोष्ट News


कोरोनाबाट विश्वभर ३ लाख ५६ हजारको मृत्यु, अमेरीकामा मात्रै एक लाख बढीको ज्यान गयो

1.9K

एजेन्सी जेष्ठ १५ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५६ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५७ लाख ८१ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख ९२ हजार पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख पार भएको छ । त्याहाँ मृतकको संख्या एक लाख ३ हजार नाघेको छ । त्यहाँ संक्रमित १७ लाख ४५ हजार पुगेको छ । यसै गरी ब्राजिलमा कुल मृत्यु २५ हजार ५ सय ९८ छ भने संक्रमित ४ लाख ११ हजार ८ सय २१ छ । यसै गरी रुसमा ३ लाख ७० हजार ६ सय ८० स।क्रमित छन् भने ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा कुल २ लाख ८३ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १८ जनाको मृत्यु भएको छ । स्पेनमा हाल सम्मकै सबै भन्दा कम २४ घण्टामा एक जना मात्र मान्छेको मृत्यु भएको छ । बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार २ सय ४० जना संक्रमित छन् । ईटालीमा ३३ हजार ७२ जनाको मृत्यु भएको छ भने २ लाख ३१ हजार १ सय ३९ जना संक्रमित छन् । फ्रान्समा एक लाख ८२ हजार ९ सय १३ संक्रमित छन् भने २८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख ८१ हजार ८ सय ९५ संक्रमित छन् भने ८ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख ५९ हजार ७ सय ९७ जना संक्रमित छन् भने ४ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा एक लाख ५८ हजार ८६ जना संक्रमित छन् भने ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

Must View