एकै दिन प्रदेश २ मा ७६ जना नयाँ सङ्क्रमित थपिए
1.7K
जेठ १५ गते । प्रदेश २ मा ७६ जना सङ्क्रमित थपिएसँगै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या चार सय पुगेको छ ।
पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तैगरी पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा सात जना, सिरहामाछ जना र रौतहटमा तीन जना रहेका छन् ।
अहिले सम्ममा प्रदेश २ का आठै जिल्लामा सङ्क्रमण देखिएको छ । हालसम्म प्रदेश २ मा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ, ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर फर्कनेमा पर्साका सर्वाधिक ८८ जना, रौतहटका तीन जना, बाराका २ जना, सर्लाहीका २ जना र धनुषाका २ जना रहेका छन् ।