नागरिक पोष्ट News


बजेटमा साना उद्योगी तथा व्यवसायीलाई आयकरमा २५ देखि ७५ प्रतिशतसम्म छुट

2.2K

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा विशेष छुट दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७र७८ को बजेटले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा ठूलो मात्रामा छुट दिएको छ । २० लाख रुपैयाँसम्म कारोवार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाख रुपैयाँदेखि रु ५० लाख रुपैयाँसम्म कारोवार गर्ने करदातालाई ५० प्रतिशत र ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । लघुउद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी ७ वर्ष र महिला उद्यमीले सञ्चालन गरेका लघुउद्यमलाई ३ वर्ष थप गरी १० वर्ष पर्याएको छ ।

लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेशिनरी तथा कच्चापदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषियन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको बीउ पैठारी गर्दा लाग्ने भन्सार महशुल सरकारले छुट दिएको छ । कोरोनाका कारण बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल, ट्राभल तथा टे«किङ व्यवसायीलाई चालू आवको आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिइएको छ । आगामी आवको बजेटमा पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्यवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ ।

Must View