झापामा १७ जना, रौतहटमा २५ जना र बाग्लुङका ६ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं जेठ १० गते । झापामा बुधबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन ।
रौतहटमा ३५ जनामा सङ्क्रमण पुष्टितहटमा बुधबार फेरि ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको हुन् ।
बाग्लुङका ६ जनामा सङ्क्रमण पुष्टिबाग्लुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड -१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बाग्लुङमा पछिल्लो पटक थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।