ललितपुरमा एकजनाको निधन, कोरोनाको रिपोर्ट पोजेटिभ आएको पुष्टि
जेठ १४ गते बुधबार साँझ ललितपुर महानगरपालिकाका ५६ वर्षीय पुरुषको निधन भएको छ ।
ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो । यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो ।
जेठ ११ गतेसम्म पाटन अस्पतालमा रहेका ती व्यक्ति आइसीयू राख्नुपर्ने हुनाले किष्टमा रिफर गरिएको थियो । पाटन अस्पताल स्रोतले भने, ‘यो निधनको खबरले हामीलाई पनि चिन्तित बनाएको छ ।’ कोरोना परिक्षणका लागि गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पताल र किष्ट अस्पतालभित्र चिन्ता बढेको छ ।
- Source : अनलाइन पत्रिका