नागरिक पोष्ट News


कोरोनाबाट विश्वभर ३ लाख ५१ हजारको मृत्यु, संक्रमित ५६ लाख ७७ हजारभन्दा बढी

2.3K

जेष्ठ १४, काठमाडौं

विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५१ हजार ६ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५६ लाख ७७ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख २६ हजारपुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ५ सय नाघेको छ । त्यहाँ संक्रमित १७ लाख २५ हजार पुगेको छ । यसै गरी ब्राजिलमा कुल मृत्यु २४ हजार ५ सय ४९ छ भने संक्रमित ३ लाख९२ हजार ३ सय ६० छ । यसै गरी रुसमा ३ लाख ६२ हजार ३ सय ६२ स।क्रमित छन् भने ३ हजार ८ सय ७ जनाको मृत्यु भएको छ । स्पेनमा कुल २ लाख ८३ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १७ जनाको मृत्यु भएको छ । बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ भने २ लाख ६५ हजार २ सय २७ जना संक्रमित छन् । ईटालीमा ३२ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार ५ सय ५५ जना संक्रमित छन् । फ्रान्समा एक लाख ८२ हजार ७ सय २२ संक्रमित छन् भने २८ हजार ५ सय ३० जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख ८१ हजार २ सय ८८ संक्रमित छन् भने ८ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख ५८ हजार ७ सय ६२ जना संक्रमित छन् भने ४ हजार ३ सय ९७ जनाको मृत्यु भएको छ । भारतमा एक लाख ५० हजार हजार ७ सय ९३ जना संक्रमित छन् भने ४ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ ।

Must View