नागरिक पोष्ट News


कोरोनाको असर, अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको नोक्सानीः राष्ट्र बैंक

2K

कोरोना भाइरस संक्रमणको कारणले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो उल्लेख गरिएको छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारण सरकारले जारी गरेको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गम्भीर असर देखिएको राष्ट्र बैंकले जनाएको  छ । नेपालसहित छिमेकी तथा नेपालका व्यापार साझेदार देशहरुले गरेको लकडाउनको कारण वैदेशिक व्यापारमा सिथिलता आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत चैतदेखि बैशाखसम्ममा ७ अर्ब १६ करोड रुपैयाँको निर्यात र १ खर्ब ९० करोड रुपैयाँको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोड रुपैयाँको निर्यात र २ खर्ब २९ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो ।

लकडाउनको कारण नेपालमा आउने रेमिटान्स पनि करिब आधा कम भएको तथ्यांकले देखाएको छ । गत चैतदेखि बैशाख महिनासम्मको अवधिमा करिव ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको राष्ट्र बैंकको अनुमान छ । गत वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको थियो । गत फागुन महिनामा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएको छ ।

गत चैतदेखि बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन र २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्याङ्क छ ।

गत चैतदेखि बैशाखसम्मको अवधिमा बैंकिङ्ग प्रणालीमा सुविधाजनक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ । बैशाख महिनामा बैकिङ्ग प्रणालीमा औसत ४९ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ ।

गत चैतदेखि बैशाखसम्मको अवधिमा नेपाल राष्ट्र बैंकबाट ३१ अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । यस अन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको छ ।

गत चैतदेखि बैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड रुपैयाँ र वित्तीय संस्थाहरुबीच ९बाणिज्य बैंकहरुबीच बाहेक० ८ अर्ब ३ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर गत चैतमा २।१३ प्रतिशत रहेकोमा बैशाखमा ४।०६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

Must View