नागरिक पोष्ट News


रुकुम घटना प्रकरण, जातीय हिंसा होइन, दोषीलाई कानूनी कारवाहीमा न्यायलय नडगमाओस्

2K

- सबु बस्नेत  रुकुम घटना प्रकरण नबोली नलेखी रहन मनले मानेन, हुन त यो मेरो नितान्त व्यक्तीगत धारणा हो त्यसैसँग सोसल मिडियामा आएका कतिपय निजी धारणालाई आधार बनाएर घटनाको विषयमा विभिन्न खाले अफवाह फैलिएको छ। जसले  गर्दा सत्य तथ्यलाई ढाकछोप गरी आपराधिक गतिविधिलाई प्रश्रय दिन खोजिएको त होइन जस्तो लाग्छ । हुनत लोकतन्त्रमा विचारको स्वस्थ आलोचना गर्न पाउने छुट सबैलाई छ । त्यहीभर पनि सामाजिक सञ्जालमा यस विषयको बारेमा विभिन्न खालको विचार र अभिव्यक्ती पाइन्छ यसै सन्दर्भमा संसदमा हगंमानै मच्चियो ।

तपाईहरु जसले अपराधीक गतिवीधिलाई संरक्षण दिने गरी अभिव्यक्री दिइरहनुभएको छ उहाँहरुलाई  मेरो एउटा प्रश्न छ की मृत्यु भन्दा अर्को ठूलो कुनै सजाय हुन सक्छ र यस संसारमारु उनिहरुले भनेका छन् रातको समय हुल बाँधेर आएका रे अनि के बाहुन केटा हुल बाँधि आए चै केटी दिएर पठाउने रे । पहिलो कुरा रातको समय नै भएको थिएन एउटा डाँडाबाट अर्को डाडा जादाँ समय त लागिनै हाल्छ यति कुरा त सबैले बुझ्नु पर्ने होइन र ? दोस्रो कुरा आउनासाथ छोरीलाई सुम्पेर पठाउनुनै पर्ने त थिएन नि कुराकानी गरी सल्लाह गर्न पनि त सकिन्थ्यो नि  त होइन र  त्यसरी गाँउ नै जुटेर छेकी छेकी लखेटेर मार्नु पथ्यो होलारु अर्को कुरा दुबै तिरका अभिभाबकलाई पनि त यो कुरा थाहा रहेछत अनि किन पहिलानै उनीहरुले कुनै कदम चालेनन् अनि फेरी त्यो दिन पनि केटी स्वयमले बोलाको भएरनै गएको रहेछत अब के अन्तिम उपाय नै हत्या गरिदिने हो उनीहरुले एक जनाको मात्र हत्या गरेनन् यसरी अपठ्यारोमा पारी नवराज सहीत उनका साथीहरुको पनि हत्या गरेका छन् ।

हुन त घटनाको छानवीन हुन बाकीनै छ त्यसको लागी प्रहरी प्रशाशनले आफ्नो काम गर्दे होला अनुसन्धानको क्रम जारीनै छ। ज्यान सम्बन्धी कसुरमा घटना दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढेको पनि छ।सत्य तथ्य आउन बाँकी नै छ। दोषी अवश्य पनि  कानूनको दायरामा आउने नै छन्।निष्पक्ष तवरले घटनाको छानवीन होला फेरि पनि  मेरो आग्रह यो घटनामा गम्भीर प्रकारको मानवअधिकारको उल्लंघन भएको छ। जातीय हिंसा भएको छ। जो जति यस घटनामा प्रत्यक्ष संलग्न छन्, तिनीहरुलाई मुलुकी अपराध संहिता २०७४ दफा ४१९क क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, बमोजिमको अभियोगमा मुद्दा चलाइनुपर्छ।जसमा जीवित रहेसम्म कैद हुने व्यवस्था छ।र मतियार समेतले दफा ४२ बमोजिम जन्मकैद (२५वर्ष कैद) को सजायको भागिदार बन्नुपर्छ। तबमात्र मृतात्माले शान्ति पाउनेछ।परिवारले न्यायको अनुभूति पाउनेछन्।

समाजमा कुनै जाती भएकै नाममा वा सच्चाप्रेमीले अर्को नवराज बन्नुपर्ने छैन।र भन्नै मन छ जसले घटनालाई राजनीति अभिप्रेरित गराउन खोज्छन् वा पीडितलाई नै दोषी देख्छन् तिनीहरु पनि नैतिक रुपमा अपराधीलाई समर्थन गर्ने हुन्। स्मरण रहोस् नेपालले मानवअधिकार सम्बन्धी १२२ भन्दा बढी अन्तर्राष्ट्रिय दस्तावेजहरुमा हस्ताक्षर गरी पक्ष राष्ट्र बनेको छ। मानवअधिकार प्रतिको उच्च प्रतिबद्धतालाई यस घटनाले निरीह तुल्याएको छ।सत्य तथ्य छानबीन भई न्याय प्राप्ति होस्। न की यो घटना निर्मला पन्त तथा अन्य यस्तै  घटनाहरु जस्तो ओझेलमा नपरोस् अन्तमा भावपूर्ण श्रद्धाञ्जली नवराज सहित अन्य मृतकप्रति

Must View