नागरिक पोष्ट News


नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण बढ्न सक्ने - सिसिएमसी रिपोर्ट

1.6K

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने अनुमान गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरु र नेपाली सेनाका विशेषज्ञ चिकित्सकहरुले अन्तर्राष्ट्रिय ट्रेन्डका आधारमा यस्तो प्रक्षेपण गरेका हुन्।

‘हामीले गणितीय विश्लेषणका आधारमा गरेको अध्ययनले जुन र जुलाईमा बिरामी बढ्ने देखाएको छ’ नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा चिकित्सक एवम् सेनानी नविन फुयाँलले भने, ‘यो प्रक्षेपण ठ्याक्कै मिल्छ भन्ने छैन। तर हामीले यही अनुसारको तयारी भने गर्नुपर्छ।’

ठूला ठूला देशहरुमा समेत यो भाइरसले कस्तो रुप लिन सक्छ भनेर यथार्थ पत्ता लगाउन नसकेको भन्दै सेनानी फुयाँलले हाल परीक्षणको दायरा बढाइएकाले केसहरु पनि धेरै देखिएको बताए।

सैनिक प्रवक्ता विज्ञानदेब पाण्डेले चीन, भारत र स्पेनमा फैलिएको संक्रमणका आधारमा यस्तो प्रक्षेपण गरिएको बताए।

यसैबीच सिसिएमसीले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउन सकिने योजनाको खाका बुझाएको छ। सैनिक प्रवक्ता पाण्डेका अनुसार अनुगमन तथा सुरक्षा व्यवस्था लगायतमा सिसिएमसीले ८७ हजारको हाराहारीमा सुरक्षा फौज परिचालन गरेको छ। जसमा नेपाली सेना ७ हजार ५ सय, नेपाल प्रहरी ४६ हजार ४ सय, सशस्त्र प्रहरी ३१ हजार र अनुसन्धान विभागबाट २ हजार भन्दा बढी परिचालित छन्।

Must View