नागरिक पोष्ट News


नेपालमा कोरोनाको जोखिम बढ्दो, १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित, सचेत रहौ !

1.8K

नेपालमा कोरोनाको जोखिम बढ्दो रुपमा रहेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरेर सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउका झण्डै डेढ महिनामा संक्रमित २५० को हाराहरीमा रहेका थिए भने संक्रमणबाट कसैको मृत्यु भएन । संक्रमितहरुको स्वास्थ्य अबस्था पनि सामान्य नै थियो । तर २०७७ जेठ १ गतेपछि नेपालमा कोरोनाको संक्रमण दर ह्वात्तै बढ्यो । जेठ १ गतेदेखि १२ गतेसम्म कोरोनाबाट ४ जनाको मृत्यु भयो । त्यस्तै संक्रमितको संख्या पनि ह्वात्ते बढ्यो । जेठ गतेसम्म २४५ को संक्रमित रहेको नेपालमा जेठ २ पछि १२ गतेसम्म आइपुग्दा ४३७ संक्रमित बढेका छन् । स्वास्थ्य मन्त्रालयको जेठ १२ गतेको तथ्यांकअनुसार नेपालमा ६८२ संक्रमितको संख्या रहेको छ भने ४ चारको मृत्यु भएको छ । जेठ ४ गते संक्रमितको संख्या २९१ पुग्यो भने जेठ ५ गते एकैचोटि ३५७ पुग्यो ।

१२ दिन उताको तथ्यांक विश्लेषण गर्दा जेठ ५ गते ३५७ संक्रमित देखापरेको मा ८ गते यो संख्या ४५७ अर्थात सय अंकमा चुलिएको देखिन्छ ।

पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  । जेठ ८ गते कुल संक्रमतिको संख्या ४५७ थियो भने भोलिपल्ट साँझमा बढेर ५१६ पुग्यो । त्यसको चार दिन पछि अर्थात जेठ १२ गते सोमबारसम्म आइपुग्दा यो संख्या बढेर ६८२ पुगेको छ नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

एक हप्तामै थपिए ३ सय १३ संक्रमित संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । ५ जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

Must View