नागरिक पोष्ट News


कोरोनाबाट विश्वभर ५६ लाख संक्रमित, अमेरिकामा मात्र झण्डै १ लाखको मृत्यु

1.7K

१३ जेठ, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् र ३ लाख ४७ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४ सय ६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख ७३ हजार ५ सय ५४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ५३ हजार १ सय ६७ जनाको अवस्था गम्भीर छ  ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा १ लाख

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ पुगेको छ ।

 कुल संक्रमितको संख्या १७ लाख ६ हजार १ सय ५४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७ सय ६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५ सय ८६ जनामध्ये १७ हजार १ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५ सय १५ जनाको मृत्यु भएको छ । १९ लाख १६ हजार १७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २७७ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।

Must View