नागरिक पोष्ट News


अष्ट्रेलियामा आँधीबेहरीले दिउँसै अँध्यारो, घरमै सुरक्षित बस्न सरकारको आग्रह

2.1K

एजेन्सी । खराब मौसमका कारण पश्चिमी अष्ट्रेलियामा ५० हजार भन्दा बढी घरहरू दोस्रो दिन पनि अन्धकारमा रह्यो । १०० किमी प्रति घण्टा वेगले चलेको हावालसमुद्री तटलाई नराम्रोसँग क्षति पुर्याएको छ । यस आँधी आएको घटनालाई दुर्लभ मानिएको र दश बर्षमा एकपटक आउने उष्ण चक्रावटका कारण भएको मानिएको छ । आइतवार करिब ६२ हजार घरमा बत्ती आपूर्ति थिएन । तर बिस्तारै आधी शान्त हुन थालेपछि घरमा विद्युत आपूर्ति दिइएको थियो । आँधीले क्षति धेरै पुर्याएको कारण यसलाई सुधार्न यसले समय लाग्ने बताइएको छ । सरकारले विद्युतीय वस्तुहरू प्रयोग नगर्न र ल्याण्डलाइन फोनहरू पनि प्रयोग नगर्न चेतावनी दिएका छन् । त्यस्तै घरको झ्यालबाट टाढा रहन आफ्नो नागरिकहरुलाई अनुरोध गरेका छन् । ड्राइभर र जहाज बोटरूलाई पानीको गहिराइमा जान प्रतिबन्ध लगाइएको छ र घरभित्रै बस्न भनिएको छ । आँधीबेहरीको साथ वर्षा र बाढी अस्ट्रेलियामा आउन सक्ने अनुमान गरिएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले मिडियालाई भने, “आँधीबेहरीले पश्चिमी अष्ट्रेलियाको ठूलो भागमा क्षति र्पुयाएको छ र त्यहाँ धेरै बत्तीको क्षति भएको छ।“ आपतकालीन सेवाहरूको सल्लाह सुन्नुहोस् र घरमा सुरक्षित रहनुहोस्। ’ ब्यूरो अफ् मेट्रोलोजीको रिपोर्ट अनुसार ग्यासकोय र मध्य पश्चिम जस्ता क्षेत्रमा कडा धुलो भएको र धेरै शहरहरूमा धुँवाका कारण देखिन गाह्रो भइरहेको जानकारी गराएको छ ।

Must View