वैशाख र जेठको सामाजिक सुरक्षाको रकम सरकारले तिरिदिने
1.5K
काठमाडौं । समाजिक सुरक्षा कोषको रकम सरकारले तिरिदिने भएको छ । सरकारले लकडाउन अवधिभरको रकम तिरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका हुन् । उनले भर्खरै सम्बोधनका क्रममा सामाजिक सुरक्षा कोषमा जम्मा हुने (योगदान) रकम सरकारले नै तिरिदिने घोषणा गरेका हुन् ।
यस अघि पनि सरकारले आफैले चैत महिनाको सामाजिक सुरक्षा कोषको रकम आफैं तिरिदिएको थियो । प्रमको घोषणासँगै अब वैशाख र जेष्ठ महिनाको रकम पनि सरकारले नै तिरिदिने भएको छ । उक्त कोषमा कामदारका तर्फबाट १० प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।