नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि, सङ्क्रमितको सङ्ख्या ६८२ पुग्यो
1.8K
काठमाडौँ, जेठ १२ गते । पछिल्लाे परीक्षणमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
त्यस्तै नेपालमा थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो। पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए।