नागरिक पोष्ट News

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना: तीन दिनको मौसमको पूर्वानुमान यस्तो छ

1.4K

जेष्ठ १२,

काठमाडौं- आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान यस्तो छ

जेठ १२ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १३ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्व भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

Must View