नागरिक पोष्ट News


वीरगञ्जकाे एकै परिवारका १८ जना कोरोनाबाट निको भए

1.9K

जेठ १२, २०७७

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् । उपचारछि निकाे भएका एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई  अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिनुभयो ।  

उहाँका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् ।

यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १०५ पुगेको छ ।

 कोरोनाबाट नेपालमा ८७ जना निको भए, सबैको स्वास्थ्य अबस्था सामान्य

जेठ ११, नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ८७ जना निको भएका छन् । पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका छन् ।

सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ भने पाँच सय १६ जना भाइरसका सक्रिय बिरामी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण देखिएकामध्ये निको हुनेमा उदयपुर जिल्ला सबैभन्दा अघि छ । उदयपुरमा ३३ जनामा सङ्क्रमण देखिएकोमा २३ जना उपचारपछि निको भएका छन् । 

कोरोना सङ्क्रमणको हिसाबले पहिलो नम्बरमा बाँके रहेको छ । बाँकेमा अहिलेसम्म एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकोमा २१ जना उपचारपछि निको भएका छन् । 

कपिलवस्तुमा ८० जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका छन्, पर्सामा ९४ जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जना निको भएका छन् । 

त्यस्तै रुपन्देहीमा एक, झापामा दुई, रौतहटमा तीन, बारामा दुई, काठमाण्डौमा चार, धनुषामा एक, कैलालीमा चार, चितवनमा दुई, भक्तपुरमा दुई, धादिङमा एक, बागलुङमा दुई, भोजपुरमा एक, कञ्चनपुरमा एक जना निको भएका छन् । 

अहिलेसम्म ४२ वटा जिल्लामा सङ्क्रमण देखिएको छ भने तीन जनाको ज्यान गएको छ । 

Must View