नागरिक पोष्ट News


कहालीलाग्दो दर्दनाक घटना, गाउँलेले लखेटी लखेटी रातभर पिटे, निर्वस्त्र बनाए,दिशा खुवाए

4.9K

भारत बिहारको मुजप्फरपुरमा तीन जना महिला र एक जना पुरुषलाई गाँउलेहरुले लखेटी लखेटी रातभर कुटेर, चोलो च्यातिदिएर , सारी फ्याकिदिएर निर्वस्त्र मात्र पारेनन्, दिशा पिशाब घोलेर समेत खुवाएको अमानवीय र पाशविक घटना सार्वजनिक भएको छ । ती महिलाहरुलाई पुरुषहरुले छातीमा कुल्चिएर पिट्नुका साथै रुखको फेदमा लगेर कपाल समेत मुडिदिएका छन् । पीडित महिलाहरु गाँउलेहरुबाट बच्न धेरै भागे तर उनीहरुलाई लखेटी लखेटी समातेर रातभर यातना दिनुका साथै अमानवीय व्यवहार गरेको पाईएको हो । अहिले तीनै जना महिलालाई मुजप्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । घटना तीन मे को राति भएको बिबिसीले जनाएको छ । 

घटना यसरी भएको थियो ? बिहार मुजप्फरपुर जिल्लामा चार मई साझँ उक्त भिडियो सामाजिक सञ्जालमा एका एक भाईरल बन्यो । जुन भिडियोमा तीन जना महिलालाई उनीहरुको चोलो , सारी च्यातेर निर्वस्त्र जस्तो पार्न खोजिएको, दिशा खुवाईदै गरेको, छातीमा कुल्चिएको पिटेको र कपाल समेत मुण्डन गरिएको दृष्य छ । ती महिलाहरुले आफूलाई बचाउने कोशिस त गरेका छन् तर भावना शुन्य देखिएका छन् थुप्रो भीडका अगाडी उनीहरुको के लाग्थ्यो । ५५ बर्षे सुदमिया देवीका छोराले विबिसीलाई फोनमा भने अनुसार उनकी आमा मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार गराईरहेकी छन् । उनको कुराकानी अनुसार मई तीनमा सुदमिया देवीकी दुईटी बहिनी बिहानै उनको घरमा आएका थिए । त्यस मध्य एक बहीनीलाई लाग्यो कि उनीमाथि भूत चढेको हुन सक्छ । त्यही भएर भूत उतार्न गाँउमा उनी आएकी थिईन् । भूत उतार्नका लागि तीन महिला र घरका एक जना पुरुष जो भूत उतार्न भजन गाँउथे उनीहरु त्यही ईलाकामा रहेको रेलवे नजिक तन्त्रमन्त्र गर्न थाले । आमा , सानीमा र बाबा पूजा गरीरहेका थिए । राति १० बजे फुलवारी टोलका २५ जना मान्छे आए र उनीहरुलाई समात्न लागे । उनीहरुलाई त्यस पछि श्याम शहनी नामका एक व्यक्तिको घरमा लगेर राखे , त्यस पछि रातभर निरन्तर पालै पालो पिटिरहे, त्यस पछि चोलो च्यातिदिए, शारी च्यातिदिए, त्यस पछि ४ मे को बिहान सहनीकै घर छेउमा लगे फेरी पिटे , छातीमा कुल्चिए अनि कपाल मुण्डन गरेर दिशा घोलेर खुवाए । विसिसीसगँ उनले भने । ती महिलासगँ पूजा गर्ने पुरुषलाई पनि कुटेर दिशा खुवाईएको छ । पुरै गाउले जत्तिकै सुदमियाका ३६ बर्षे छोरा पनि यस घटनाका साक्षी छन् । उनी हरियाणामा मजदुरी गर्दछन् । होलीमा घर आएका उनी लकडाउनका कारण घरैमा छन् । उनले केही मान्छेले आमालाई बचाउन खोज्ला ती समुहले डर धम्की देखाएर भगाएको बताए । धेरै मानिस थिए म एक्लैले के गर्न सक्थेर चुपचाप त्यो कुकृत्य हेरेर बसे उनले भने । कपाल मुडेर दिशा खुवाईए पछि सुदमिया देवी र उनकी बहीनीहरु र ती पुरुषलाई छाडि दिएका थिए । उनीहरु दिनभर उल्टी गर्दै भोकै बसेका थिए । साझँमा यस घटनाको भिडियो भाईरल बने पछि प्रहरीले छापा मारेर करीब ९ जनालाई पक्राउ गरेको छ । ती पीडित महिलाहरुले अझै पनि खाना रुच्न गाह्रो परीरहेको बताएका छन् । त्यस घटनामा १५ जनामाथि मुद्धा दर्ता भएको छ । भारतको बिहार, उडिसा, झारखण्ड, राजस्थान लगायतका राज्यमा बोक्सी, डायन प्रथा अझै रहेको र यस्ता घटनाको शिकार आम रुपले गरीबहरु हुने गरेको जनाईएको छ ।

Must View