नागरिक पोष्ट News


नारायणी अस्पतालबाट ४३ जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई घर फर्किए

1.7K

जेठ १२ गते । कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।

सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।

सबै सङ्क्रमितको पछिल्लो दुई रिपाेर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमबार डिस्चार्ज गरिएको हो 

Must View