बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन
1.4K
काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले मात्र सेना परिचालन गर्न माग गरेको थियो ।