नागरिक पोष्ट News


आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने छ, हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव

1.6K

पश्चिममा  तातो हावा चल्ने

काठमाण्डौ  पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले जनाएका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै ठाउँको मौसम सफा हुने देखिएको छ ।

मौसम खुलेसँगै देशभरी कै तापक्रम बढ्ने र  पश्चिममा बिस्तारै तातो हावा चल्न थाल्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव छ ।

Must View