कोरोना संक्रमितको ट्रेसिङ गर्न नयाँ बानेश्वरका तीन घर सिल
2.2K
काठमाणडाै - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाण्डौ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । सङ्क्रमित प्रहरी नयाँ बानेश्वरमा रहेकाे भरोसा अस्पताल पछाडि बस्ने भएकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ ।