नागरिक पोष्ट News


कोरोना असर : दुबईका ७० प्रतिशत कम्पनी ६ महिनाभित्र बन्द हुन सक्ने 

1.7K

दुबई चेम्बर अफ् कमर्सको एक सर्वेक्षण अनुसार दुबईका झण्डै ७० प्रतिशत व्यापार कोरोना भाइरस महामारीको कारण आउँदो ६ महिनामा बन्द हुन सक्छ ।   ुदुबईका ९० प्रतिशतभन्दा धेरै कम्पनीहरुको अनुसार सन् २०२० को पहिलो तीन महिनामा उनीहरुको व्यापार र नाफामा भारी गिरावट आएको छु, सर्वेक्षणमा भनिएको छ । 

दुबई चेम्बर अफ् कमर्सका अनुसार महामारीको कारण विश्वको आर्थिक व्यवस्था सुस्त हुँदाको सबैभन्दा धेरै असर साना र मझौला उद्योगमा परेको छ । 

पर्यटन क्षेत्रसँग जोडिएको अधिकांश कम्पनी, रियल स्टेटको आधाभन्दा धेरै कम्पनी, होटल–रेस्टुरेन्टका मालिकसहित रिटेल उद्योगसँग जोडिएका व्यक्तिहरुको अनुसार उनीहरुको काममा ७० प्रतिशतसम्मको गिरावट आइसकेको छ र दोस्रो तीन महिनाको नतिजा अझ भयानक हुनेछ । 

सर्वेक्षणमा सहभागी भएका ४८ प्रतिशत कम्पनीका अनुसार उनीहरुसँग यो महामारीबाट छुटकारा पाउने कुनै तयारी योजना छैन । 

Must View