काठमाडौंका कोरोना संक्रमितको संख्या कति र कहाँ कहाँका छन् हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको जानकारी दिँदा स्थायी ठेगानाका आधारमा विवरण सार्वजनिक गर्ने गरे पनि बसोबास ठेगाना र अस्थायी ठेगाना फरक पर्ने गरेको छ। स्वास्थ्य मन्त्रालय, संक्रमितको उपचार भइरहेको अस्पतालका तथ्यांकका आधारमा उपत्यकाभित्र अझै २८ जना कोरोना संक्रमित रहेका छन्।
विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा अहिले उपत्यकाभित्र रहेका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्टगेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा बसोबास गर्ने रहेका छन्। अहिले उपत्यकामा भएका संक्रमितमध्ये पाटन अस्पतालमा ११ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १५ जना, टेकु अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एकजना संक्रमित उपचाररत छन्। उपत्यकाकै अर्को जिल्ला भक्तपुरको भक्तपुर नगरपालिकाको भेलुखेलमा पनि एक संक्रमित भेटिएका थिए। भक्तपुरमा साँझ १ संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका दुवाकोट–१ सरस्वती खेलका सशस्त्र प्रहरी र थिमि नगरपालिका शंखधर चोक बस्ने युवतीले भने कोरोना संक्रमण जितिसकेका छन्।