नागरिक पोष्ट News


सलुट ! बिरामी बाबु लाई साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने साहसिक बालिका

3.3K

भारतीय एक साहसी बालिकाको १२ सय कि.मी.को साइकल यात्राको वास्तविकता यस्तो छ । ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले बिरामी बाबुलाई राखेर १२ सय कि.मी. साइकल यात्राको गरेको खबर अहिले चर्चामा छ । ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भएका थिए । उनी पेशाले रिक्सा चालक हुन् । मोहनका अनुसार उनलाई घरबेटीले केही महिनाअघि नै भाडा तिर्ने वा घर छाड्ने भनेर दबाब दिएका थिए ।

‘तर मैले लकडाउन खुलेपछि जेसुकै काम गरेर भए पनि भाडा तिर्ने बचन दिएपछि केही समय घरबेटीले मलाई दिए । मलाई यस्तो दबाब भयो कि, औषधि नै रोक्नु पर्ने भयो । दिनमा एक छाक मात्रै खाना खानुपर्ने भयो । यस्तो अवस्थामा कसरी भाडा तिर्न सम्भव थियो र ?’ मोहनले भने । उता सरकारले पनि लकडाउन थप्दैगयो । उनका लागि भने घरबेटीले थप च्याप्न थाल्यो ।

यसबेला मोहनलाई गुरुग्राममा रेखदेख गर्ने उनकी छोरी ज्योती थिइन् । जब कि, ज्योतीकी आमा गाउँमै अरु चार सन्तानलाई सम्हालेर बसिरहेकी थिइन् । जहाँ उनी अरुकहाँ सरसफाइ गर्ने काम गर्छिन् ।

बिरामी बाबुको हालत देखेर ज्योतीले घर फर्कन आग्रह गरिन् । तर बस वा रेल केही थिएन । अन्य सवारीसाधन पनि तत्काल उपलब्ध हुने कुनै संकेत थिएन । हिँडेर जानु त असम्भव जस्तै थियो ।

यस्तैमा ज्योतीले बाबुलाई आफ्नो साइकलमा जान आग्रह गरिन् । मोहन कुनै हालतमा साइकलमा चढेर जान तयार थिएनन् । छोरीको ‘क्रेजी आइडिया’लाई उनले ठाडै अस्वीकार गरे ।त्यसो त, यो कुनै १०/२० मिटरको यात्रा थिएन । १ सय मिटरसम्म पनि थिएन । पूरा १२ सय किलोमिटरको यात्रा अन्ततः उनै १५ वर्षीया बालिकाले बिरामी बाबुलाई पछाडिको क्यारियरमा बस्न लगाएर यात्रा सुरु गरिन् ।

ज्योतीका लागि सुरक्षाका लागि केही थिइन । यतिसम्म कि, गतिलो जुत्ता पनि थिएन । उनीहरुले अति जोगाएर राखेको पैसाले सस्तो मुल्यमा साइकल किनेका थिए । उनीहरु दिनमा ३० देखि ४० किलोमिटरसम्म यात्रा गर्थे ।

केही ठाउँमा भने ट्रक चालकले लिफ्ट पनि दिने गरेका थिए । बाटोमा अनेकौँ उल्झन र पीडाको सामना गर्दै गाउँसम्म पुग्न उनीहरुलाई ८ दिन लाग्यो ।

-अन्नपूर्ण पोष्ट

Must View