शिक्षण अस्पतालमा उपचाररत बिरामीमा र ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण
1.9K
काठमाडौं, १० जेठ । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ ।
काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।