निको भएका कोरोनाका १६ प्रतिसत संक्रमितहरु पुन संक्रमित हुन सक्ने - एक अध्ययन
कोभिड-१९ बाट निको भएका ६ जना मध्ये १ जना अस्पताल मुक्त गरिएता पनि ३ हप्तापछि भाइरस संक्रमित हुन् सक्ने एक अध्ययनले देखाएको छ ।
जसको अर्थ बिरामीहरु अझै संक्रमण हुन सक्ने शुक्रवार प्रकाशित गरिएको जामा नेटवर्क (अंतर्जाल)ले जनाएको छ ।
ड्युक बिश्व बिद्यालयका बाल रोग र इम्युनोलजी( प्रतिरक्षा विज्ञान)का सहायक प्रा डा एम एन्थोनी मूडीले अनुसन्धानकर्ताहरूले अझै नयाँ कोरोनाभाइरस सार्स-कोभ -२ को बारेमा सिकिरहेका छन् । र यसले कसरी संक्रमितहरूलाई असर पार्दछ र यसले कसरी फैलिन्छ भनेका छन् ।
अनुसन्धानकर्ताहरूले सबै बिरामीहरुबाट पुन घाँटी र नाकको कुची(स्वाब)को जाँच गरेका थिए । जसमा ६० मध्ये १० जनालाई २४ दिन पछि पनि भाइरस(बिषाणु)संक्रमित भएको पाईएको जनाएको छ ।
यो पहिलो अध्ययन मात्र नभई नयाँ कोरोनाभाईरसका लक्षणहरु निको भए पछि पनि हप्तौ सम्म शरीरमा रही रहन सक्छ। गत फेब्रुअरीमा जामाद्वारा प्रकाशित विश्लेषणले निको भै अस्पताल मुक्त भएका बिरामीहरु फेरी ३० दिन सम्म संक्रमित हुन् सक्ने दाबि बताएको थियो ।
श्रोत : युपिआई