भक्तपुरमा वडा सदस्यलाई संक्रमण भएको पुष्टि
2.4K
भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।