नागरिक पोष्ट News


काठमाडौंमा बेबारिसे अबस्थामा छोडिएका गाई र गाईका बाच्छाहरुको उद्दार

2.5K

काठमाडौं ढुंगेअड्डाबाट ६ वटा गाई र गाइका बाच्छाहरुको उद्दार गरिएको छ । बेबारिसे अबस्थामा १४ वटा गाई र गाईका बाच्छाहरु छोडिएको भेटेपछि उद्धारका लागि संयुक्ता भण्डारीले पहल गरेकी थिइन् । १४ मध्ये ६ वटा गम्भीर अबस्थामा रहेका गाई र बच्छाहरुको उद्धार भएको छ, २ वटाको भने मरेको र बाँकीको भोलिसम्म थप उद्दार हुने भण्डारीले बताइन् । बेवारिसे अबस्थामा रहेको जानकारी पाएपछि समाजसेवी रुमी लामा, विजय कराञ्जित, महिला समूह, Animal Nepal नेपालबाट हरि जोशी  र SPCA संस्थाबाट विकास श्रेष्ठले सहयोग गरेका थिए । उद्धार कार्य अगाडी Nepal Street Dog Lovers  महिला समूहले घाइते केही गाईका बाच्छाहरुको प्राथमिक उपचार समेत गरेका थिए । 

- फोटोहरु : संयुक्ता भण्डारी

लकडाउनको मौंका छोपी गाई र गाईका बाच्छाहरु बेबारिसे अबस्थामा काठमाडौंको ढुंगेअड्डामा छोडिएको भेटिएको थियो । छोडिएका गाईका दुधे बाच्छाहरुको अबस्था दर्दनाक देखिन्थ्यो । पानी र खाना समेत खान नपाएपछि गाईका बाच्छाहरुलाई काग र कुकुरहरुले जिउँदै घाइते बनाएर खान लागेको उद्दारको लागि पहल गरेकी संयुक्ताले बताइन् ।

गाइको दुध खाने नभएपछि सडकमा बेबारिसे छोड्नेहरुलाई कठोर कानूनी व्यवस्थाको माग उहाँहरुको छ । साँच्चै पनि यो फोटो र भिडियो दृश्य हेर्दा ज्यादै मर्मस्पर्शी र पीडादायी छ । बोल्न नसक्ने गाई र गाईका दुधे बाच्छाहरुप्रति यस्तो दानवीय व्यवहार गर्नेहरुलाई तत्कालै खोजी गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने देखिन्छ । 

Must View