एकैदिन २१ जनाले कोरोनालाई जिते, नेपालमा कोरोनाबाट निको हुने ७० जना पुगे
1.9K
जेठ ९ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरुसमेत छन् ।
यो सँगै नेपालमा कोरोनाबाट ७० जना निको भई घर फर्केका छन् ।