९७ यात्रु रहेको बिमान दुर्घटना, घटनास्थलबाट १५ /२० जनाको उद्दार
2.3K
काठमाडौं । पाकिस्तानको कराँचीमा पाकिस्तान इन्टरनेशनल एइरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परेको छ । विमानमा ९७ जना रहेको पाकिस्तानी टेलिभिजन जियो टीभीले जनाएको छ । जिन्नाह इन्टरनेशनल एयरपोर्टमा एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेट पहिला दुर्घटनामा परेको हो । । बिमानमा ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य थिए । समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।